FLASH NEWS

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा


नेपाल आवाज ३ बैशाख २०८१, सोमबार ११:३४ मा प्रकाशित ५२३ पाठक संख्या

काठमाडौ । कुमारी बैंकले आज सोममबार देखि सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।


यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १०६ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक कुमारी  क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । यसमा वैशाख ११ गतेसम्म आवेदन सकिनेछ ।