FLASH NEWS

पेट्रोलियम पदार्थको मूल्य बढ्यो


नेपाल आवाज ४ बैशाख २०८१, मंगलवार ०६:२० मा प्रकाशित ७५१ पाठक संख्या

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।


निगम सञ्चालक समितिको बैठकले भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँको दरले बढाउने निर्णय गरेको हो ।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेल १६१ रुपैयाँ पर्नेछ । बढेको मुल्य आजै राति १२ बजेदेखि लागू हुने छ ।