FLASH NEWS

फिल्म ‘ह्रस्व दीर्घ’मा हरिहरको लुक्स सार्बजनिक


नेपाल आवाज ६ बैशाख २०८१, बिहीबार ०७:२९ मा प्रकाशित २२३९ पाठक संख्या

काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’मा मुख्य भूमिकामा अभिनय गरेका अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।


बुधबार उनको जन्मदिनको अवसर पारेर पोष्टर सार्वजनिक गरिएको छ । हरिहरका दुई लुक्स सार्बजनिक गरिएको छ, जसले फिल्ममा उनको भूमिकालाई संकेत गर्दछ ।

चन्द्र पन्तको निर्देशनमा बनेको यो फिल्म दशैंको अवसर पारेर आगामी असोज ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

फिल्ममा हरिहरका साथै नीता ढुंगाना, विपना थापा, सञ्चिता लुईँटेल, प्रशान्त ताम्राकार, किरण केसी, बुद्धि तामाङ, गरिमा शर्मा लगायतले अभिनय गरेका छन् भने साउथ फिल्मका कलाकारहरु ब्रह्मानन्दम, अली, ‘गजनी’ भिलेन प्रदीप रावत र कबीर दुहान सिंहको पनि अभिनय छ ।