FLASH NEWS

तोयम राया महालेखापरीक्षकमा नियुक्त


नेपाल आवाज ६ बैशाख २०८१, बिहीबार १४:०८ मा प्रकाशित ३१९ पाठक संख्या

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तोयम रायालाई महालेखापरीक्षकमा नियुक्त गरेका छन् ।


राष्ट्रपति पौडेलले संबिधानको धारा २४० को उपधारा २ बमोजिम रायालाई महालेखापरीक्षकमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको हो ।

रायालाई यस अघि संबैधानिक परिषदको बैठकले महालेखापरीक्षकमा सिफारिस गरेपछि संसदीय सुनुवाई समितीले सर्वसम्मतले अनुमोदन गरेको थियो ।