FLASH NEWS

सुप्रिम सहकारी ठगी प्रकरण: अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश


नेपाल आवाज ७ बैशाख २०८१, शुक्रबार १६:०२ मा प्रकाशित ५४१ पाठक संख्या

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई थुनामा पठाउन र ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।


शुक्रबार थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश दीपक उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएका हुन् ।

त्यसैगरी पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुनलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ । त्यसैगरी दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, नवीन अछामीसँग १० लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगर र रोशनी गुरुङसँग २-२ लाख धरौटी माग गरिएको छ ।