FLASH NEWS

विनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे


नेपाल आवाज २० बैशाख २०८१, बिहीबार ०९:३२ मा प्रकाशित ३१३ पाठक संख्या

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।


आज अमेरिकी डलरको कारोबार स्थिर रहेको छ । बिहिबार अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा रहेको छ। यसअघि बुधबार पनि सोही भाउमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहिबार युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ १३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७७ पैसा रहेको छ। अघिल्लो दिनको तुलनामा युरो ७० पैसाले घटेको हो । बुधबार युरोको खरिददर १४२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४७ पैसामा कारोबार भएको थियो ।

आज बेलायती पाउन्ड ९० पैसाले घटेर पाउण्ड एकको खरिददर १६६ रुपैयाँ २० पैसा र बिक्रीदर १६६ रुपैयाँ ९५ पैसा तोकिएको छ। बुधबार भने यसको खरिददर १६७ रुपैयाँ १० पैसा तथा बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा कायम गरिएको थियो ।

त्यसैगरी बिहिबारको लागि अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७० पैसा कायम गरिएको छ। बिहिबार क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ७५ पैसा र बिक्रीमा ९७ रूपैयाँ १८ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ४४ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ४७ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६१ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६५ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ५२ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६८ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २७ रूपैयाँ ९१ पैसा र बिक्रीदर २८ रूपैयाँ ०३ पैसा कायम गरेको छ ।

यसैगरी, बिहिबारको लागि कुवेती दिनार एकको खरिददर ४३२ रुपैयाँ २१ र बिक्रीदर ४३४ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ २५ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ।