FLASH NEWS

भारतको खुद्रा मुद्रास्फीति अप्रिलमा ४.८३ प्रतिशतमा घट्यो


नेपाल आवाज २ जेष्ठ २०८१, बुधबार ११:५० मा प्रकाशित ३०७ पाठक संख्या

नयाँदिल्ली, जेठ २ गते । भारतको खुद्रा मुद्रास्फीति अप्रिलमा ४.८३ प्रतिशतमा  घटेको तथ्याङ्कले देखाएको छ ।खाद्य मुद्रास्फीति भने मार्चमा ८.५२ प्रतिशतबाट बढेर अप्रिलमा ८.७० प्रतिशत पुगेको  छ । 


सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अप्रिल महिनामा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति मार्चमा ४.८५ प्रतिशतको तुलनामा ४.८३ प्रतिशत रहेको छ ।