FLASH NEWS

पिएसजीमाथि डोर्टमण्डको जित


नेपाल आवाज २० बैशाख २०८१, बिहीबार ०९:०६ मा प्रकाशित ३६७ पाठक संख्या

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत पहिलो लिगमा डोर्टमण्डले पिएसजीलाई पराजित गरेको छ ।


गएराती सम्पन्न खेलमा डोर्टमण्डले पिएसजीलाई १-० गोल अन्तरले पराजित गरेको हो । यस खेलमा खेलको ३६औं मिनेटमा डोर्टमण्डका निकलस फुल क्रुंगले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितसंगै डोर्टमण्डले सेमिफाइनलमा १-० को अग्रता हासिल गरेको छ र अब दोस्रो सेमिफाइनल पिएसजीको घरेलु मैदानमा मे ८ मा हुने छ ।