FLASH NEWS

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित


नेपाल आवाज ७ बैशाख २०८१, शुक्रबार १६:३७ मा प्रकाशित ६३७ पाठक संख्या

पोखरा । गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको छ ।


शुक्रबार बसेको प्रदेश अधिवेसनको पहिलो बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरुले बहिष्कार गरेका थिए ।

कांग्रेसले सरकार गठनको विषयमा सर्वोच्च अदालतले फैसला सुनाउने क्रममा रहेकोले सो फैसला नआएसम्म प्रदेश सभा बहिष्कार गर्ने निर्णय गर्दै आजको बैठक बहिष्कार गरेको थियो ।

प्रतिपक्षी दलले बहिष्कार गरेपछि सभामुखले प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका थिए ।