FLASH NEWS

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो


नेपाल आवाज ११ बैशाख २०८१, मंगलवार १७:५८ मा प्रकाशित ४०९ पाठक संख्या

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना दिदै यसको विकल्प कुनै पनि आवरणको अतिवाद हुन नसक्ने बताएका छन् ।


लोकतन्त्र दिवसको शुभकामना दिदै महामन्त्री थापाले लोकतन्त्रको विकल्प भनेको समुन्नत लोकतन्त्र नै भएको बताउदै लोकतन्त्र व्यवस्था ल्याए अनुसार अवस्था बदलिन नसक्दा आम निराशा रहेको बताएका छन् ।

उनले लोकतन्त्र शब्दमा होइन हाम्रो आचरण र कार्यशैलीमा प्रतिबिम्बित हुनुपर्ने बताएका छन् ।

उनले भनेका छन्- 

आज लोकतन्त्र दिवस ! जनअधिकार र लोकतन्त्रका लागि जीवन आहुति गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली! लोकतन्त्र व्यवस्था त ल्यायौं तर त्यसअनुरुप अवस्था बदलिन नसक्दा आम निराशा पक्कै छ तर यसको विकल्प कुनै पनि आवरणको अतिवाद होइन र हुन सक्दैन। लोकतन्त्रको विकल्प भनेको समुन्नत लोकतन्त्र नै हो। लोकतन्त्र शब्दमा होइन हाम्रो आचरण र कार्यशैलीमा प्रतिबिम्बित हुन सकोस्। यही व्यवस्थाभित्र अवस्था बदल्न आजको दिनले हामी सबैलाई उत्प्रेरित गरोस् । लोकतन्त्र दिवसको हार्दिक शुभकामना!