FLASH NEWS

सामाजिक सञ्जालबाट भ्रम फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ


नेपाल आवाज २० बैशाख २०८१, बिहीबार १८:५६ मा प्रकाशित ५९५ पाठक संख्या

काठमाडौं – सामाजिक सञ्जालबाट भ्रम फैलाएको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ ।


जथाभाबी अन्तर्वार्ता दिएर भ्रम फैलाएको आरोपमा मंगलबार काठमाडौं परिसरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो ।

मंगलबार पक्राउ परेका खनाललाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।

झापाको दमक नगरपालिका–५ का ४६ वर्षीय खनाललाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खनालले जीबी राईको हत्या भएको र हत्यामा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको अभिव्यक्ति दिएका थिए ।

उनीमाथि प्रहरीले तीन दिनको म्याद थप गरेर अनुसन्धान थालेको छ ।