FLASH NEWS

पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा ‘हेर्दहेर्दै’, अर्को सुनुवाई जेठ २३ मा हुने


नेपाल आवाज १३ बैशाख २०८१, बिहीबार ०६:५२ मा प्रकाशित ३१३ पाठक संख्या

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा ‘हेर्दहेर्दै’ मा राखिएको छ ।


बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । अब यो मुद्दाको सुनुवाई आगामी जेठ २३ मा हुने भएको छ ।

यो मुद्दा २०७२ चैत २२ गते तत्कालिन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रले संवैधानिक इजलासले हेर्ने आदेश गरेका थिए । त्यसपछि संवैधानिक इजलासमा १५ पटक भन्दा बढी पेशी तोकिए पनि पटक पटक हेर्न नभ्याइने र हेर्न नमिल्ने भन्दै सरिरहेको छ ।

सशस्त्र युद्धको क्रममा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको घटनामा अर्जुनकी पत्नी पूर्णिमायाले सापकोटासहित माओवादी नेताविरुद्ध दिएको किटानी जाहेरी अनुसार यस मुद्धाको सुनुवाई भइरहेको छ । यस जाहेरीलाई प्रहरीले लामो समयसम्म नलिएपछि सर्वोच्च अदालतले २०६४ को फागुन २२ मा जाहेरी लिने आदेश दिएपछि प्रहरीले दर्ता गरेको थियो ।