FLASH NEWS

‘कुछ कुछ होता है’ मा रानीको भूमिकामा रविना थिइन् निर्माताको पहिलो रोजाइ


नेपाल आवाज १३ बैशाख २०८१, बिहीबार ०७:१९ मा प्रकाशित ४२७ पाठक संख्या

काठमाडौँ । सन् १९९८ मा रिलिज भएको फिल्म ‘कुछ कुछ होता है’ त्यो दिनको ब्लकबस्टर फिल्म थियो । फिल्ममा शाहरुख खान, काजोल र रानी मुखर्जी मुख्य कलाकारको रुपमा देखिएका थिए ।


तर यो फिल्ममा रानी मुखर्जीको भूमिकाका लागि रविना टण्डन निर्माताको पहिलो रोजाइ थिइन् । हालैको एक अन्तर्वार्तामा रविनाले यस फिल्ममा रानी मुखर्जीको भूमिका अफर भएको बताएकी थिइन् । उनले यो भूमिका गर्न स्पष्ट रूपमा अस्वीकार गरेकी थिइन् ।

उनी भन्छन्, ‘त्यतिबेला मेरो करियर निकै माथि थियो । मलाई यति सानो भूमिका गर्न मन लागेन । त्यहीँबाट रानी मुखर्जीले आफ्नो करियर सुरु गरेकी थिइन् । त्यो भूमिका उनको लागि राम्रो साबित भयो ।’

रविनाले करण जोहर यस विषयमा लामो समयदेखि आफूसँग रिसाएको समेत बताइन् ।  रविनाले त्यति बेला आफु आफ्नो पहिचान बनाउन चाहेको बताइन् । उनले  ३-४ गीत र केही दृश्यका आफु अनिच्छुक रहेको बताइन् ।

करण जोहरले एक अन्तर्वार्तामा आफू फिल्म ‘कुछ कुछ होता है’ को कास्टिङलाई लिएर निकै चिन्तित भएको बताएका थिए । यो भूमिकाका लागि उनले जुनसुकै अभिनेत्रीसँग कुरा गरे, तिनीहरू सबैले अस्वीकार गरेका थिए । उनले भने- ‘मेरो हालत पागल जस्तै भएको थियो। अन्ततः जब उनले रानी मुखर्जीलाई यो भूमिकाको लागि सोधे, उनले हुन्छ भनिन् ।’

यो चलचित्रले २५ वर्ष पूरा गरेको छ । धर्मा प्रोडक्सनमा बनेको फिल्म ‘कुछ कुछ होता है’लाई करण जोहरले निर्देशन गरेका हुन् । यो उनको निर्देशनको पहिलो फिल्म थियो, जुन १६ अक्टोबर १९९८ मा रिलिज भएको थियो । यो फिल्म बलिवुडको अहिलेसम्मक ओसफ्ल फिल्म मध्ये एक हो ।