FLASH NEWS

नेपालमा लगानी बढाउन विदेशी लगानीकर्ताहरूसँग उपप्रधानमन्त्री लामिछानेको आग्रह


नेपाल आवाज १७ बैशाख २०८१, सोमबार १९:५८ मा प्रकाशित ५२३ पाठक संख्या

काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपालमा लगानीमैत्री वातावरण रहेको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताहरूसँग आग्रह गरेका छन् । सोमबार लगानी सम्मेलनका क्रममा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।


उपप्रधानमन्त्री लामिछानेले लगानीकर्ताहरूको समस्यालाई सरकारले बुझेको र सोहीअनुसारका समस्या समाधानका नीति निर्माणमा सरकार लागिपरेको जिकिर गरे । उनले नेपालमा लगानी गर्नका लागि धेरै क्षेत्रहरू रहेको उल्लेख गर्दै सरकार लगानी कर्ताहरूको सुरक्षाका लागि सबै किसिमबाट प्रतिबद्ध रहेको बताए ।

उपप्रधानमन्त्री लामिछानेले जग्गा मूल्याङ्कन गर्ने, जग्गा किन्ने र भाडामा दिने विषयमा धेरै जटिल समस्यालाई समाधान गरेको पनि बताए । उनले वन लगायतका विभिन्न समस्याहरूमा पनि सरकारले समाधानका लागि विधेयकमार्फत ऐन बनाइ सहज बनाएको बताए । उनले नेपालका पर्यटन, विद्युत्, आइटी, कृषि लगायतका क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ताहरूसँग आग्रह गरे ।