FLASH NEWS

सहकारी ठगी कसुरमा राप्रपाकी सांसद बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी, करोडौँ रकम अपचलन गरेको आरोप !


नेपाल आवाज १७ बैशाख २०८१, सोमबार २०:१४ मा प्रकाशित ६०७ पाठक संख्या

काठमाडौँ – सहकारी ठगी कसुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत नवलपुरले सांसद बस्नेतलाई सहकारी कसुरमा पक्राउ गर्न अनुमति दिएको हो ।


प्रहरी कार्यालय कावासोतीसहितको छानविनमा रकम हिनामिनामा सांसद बस्नेतको समेत संग्लाग्नता रहेको खुलेको थियो । सांसद बस्नेत अहिले फरार रहेको र प्रहरीले खोजी कार्य जारी राखेको बुझिएको छ ।

सांसद बस्नेतले चितवनको सनसाइन सहकारीबाट २० करोड, बर्दियाको नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको कावासोतीको छिपछिपे उपभोक्ता सहकारीबाट १ करोड भन्दाबढी रकम अपचलन गरेको अनुसन्धानमा खुलेको छ । सोहि प्रकरणमा थप अनुसन्धान गर्न उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।