FLASH NEWS

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक


नेपाल आवाज १८ बैशाख २०८१, मंगलवार १५:०५ मा प्रकाशित ६७९ पाठक संख्या

काठमाडौँ । उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को पहिलो गीत सार्वजनिक गरिएको छ । सनुप पौडेल र झुमा लिम्बूको युगल स्वर रहेको ‘झ्यालको’ बोलको गीतमा झुमा लिम्बूको संगीत तथा हर्क साउदको शब्द रचना छ ।


अन्तरजातीय सम्बन्धको आयामलाई समेटिएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधान केन्द्रीय भूमिकामा छन् भने हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतको पनि अभिनय छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् ।

फिल्ममा विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्मातामा छन् भने सिजन दाहाल कार्यकारी निर्माता रहेका छन् । फिल्म यही बैशाख २१ गतेबाट प्रदर्शनमा आउदैछ ।