FLASH NEWS

एमालेको विजयी सभालाई सम्बोधन गर्दै ओलीले भने- इलामको विकासको जिम्मा सुहाङले लिन्छन्


नेपाल आवाज १८ बैशाख २०८१, मंगलवार १८:५९ मा प्रकाशित ५८३ पाठक संख्या

इलाम पुगेर एमालेको विजयी सभालाई सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङको भएको र आफू सुहाङको पछाडि रहेको बताएका हुन् ।


अब इलामको विकासमा केन्द्रित हुने भन्दै इलामका समस्यासँग आफू परिचित रहेको ओलीले बताए ।

ओलीले आफूले चुनावका क्रममा गरेका प्रतिबद्धताहरू चुनावी स्टन्ट होइनन् भन्दै आफूले तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

इलामका मतदाताले सही उम्मेदवार छानेको बताउँदै सुहाङले राम्रो काम गर्ने बताए ।

एमालेमाथि उठेको प्रश्नको जवाफ कार्यकर्ताले दिएको उनले बताए । टिकट दिँदा सुवास नेम्वाङका छोरालाई टिकट दिएकोमा आपत्ति जनाएकोप्रति उनको संकेत थियो ।

“अनेक प्रश्न उठेका थिए । हरेक प्रश्नको जवाफ व्यवहारबाट दिनुभएको छ,” उनले भने, “एमालेमा असन्तुष्टि हुन्छ । राजाको छोरा राजा हुन्छ , कहाँबाट सुवास नेम्वाङ राजा हुनुहुन्थ्यो र उहाँको छोरा राजा हुन्छ ? उहाँ त संविधानको निर्माता, सांसद, एउटा योद्धा हुनुहुन्थ्यो । योद्धाको छोरा योद्धा नभएर बाघको छोरा बाघ नभएर स्याल हुन्छ त ?”

उनले राजनीति भनेको एमालेसँग मात्रै भएको उनको दाबी छ । सुशासन र विकाससम्बन्धी नीति एमालेसँग भएको पनि उनले दाबी गरे ।