FLASH NEWS

फेरि बढयो सुनको भाउ, प्रतितोला कति ?


नेपाल आवाज २० बैशाख २०८१, बिहीबार ११:०४ मा प्रकाशित ३७३ पाठक संख्या

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २००० ले बढेर १ लाख ३६ हजार ५०० मा कारोबार भइरहेको छ ।


त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख ३४ हजार ५०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३३ हजार ८५० मा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बुधबार चाँदी तोलाको १६ सय ३० मा कारोबार भएको थियो ।