FLASH NEWS

सेतीमा नुहाउने क्रममा बेपत्ता भएका युवकको शव फेला


नेपाल आवाज २० बैशाख २०८१, बिहीबार १६:०० मा प्रकाशित २१४३ पाठक संख्या

डोटी। डोटीको शिखर नगरपालिका–८ लुवाखडीस्थित सेती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ।


कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–३ बस्ने ३८ वर्षीय नरबहादुर तामाङ यही १७ गते नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।

नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय धनगढीबाट खटिएको गोताखोर टोलीले तामाङको शव नदीको २० फिट गहिराइबाट बुधबार निकालेको हो। तामाङको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिलगढी पठाइएको छ।