FLASH NEWS

राष्ट्रपति पौडेलद्वारा संसदको बजेट अधिवेशन आव्हान


नेपाल आवाज २० बैशाख २०८१, बिहीबार १९:३६ मा प्रकाशित ४६९ पाठक संख्या

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आव्हान गरेका छन् ।


सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले यहि वैशाख २८ गते अपराहन्न २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका हुन्।

यस अघि आजै बसेको मन्त्रिपरिषद्को बैठकले संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो।