FLASH NEWS

कालिञ्चोक भगवती दर्शन गर्न गएका वृद्धको मृत्यु


नेपाल आवाज २३ बैशाख २०८१, आईतवार ०७:४१ मा प्रकाशित ३४९ पाठक संख्या

दोलखा । कालिञोक भगवती दर्शन गर्न गएका एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-२  तिखातलका ६५ वर्षीय गोलान्दर विक रहेको प्रहरीले जनाएको छ।


शनिबार दिउँसो ३ हजार ८ सय ४१ मिटर उचाइमा रहेको मन्दिर परिसर पुगेपछि बेहोस् बनेका थिए। उनको उच्च भेगमा श्वासप्रश्वासका कारण मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ।