FLASH NEWS

अल वेहडामाथि अल नासर ६-० ले विजयी, रोनाल्डोको ह्याट्रिक


नेपाल आवाज २३ बैशाख २०८१, आईतवार ०८:०१ मा प्रकाशित ३८५ पाठक संख्या

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल वेहडालाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल वेहडालाई ६-० गोल अन्तरले अपराजित गरेको हो ।


अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । त्यस्तै ओटाभियो, सडियो माने र मोहमद अल फाटिलले एक एक गोल गरेका थिए ।

रोनाल्डोले यस सिजनको लिगमा अहिलेसम्म कुल ३२ गोल गर्दै लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । उनले यस सिजनको लिगमा सबैभन्दा बढी ४ ह्याट्रिक गरेका छन् ।

योजितसँगै अल नासरको ३० खेलमा ७४ अंकसहित दोस्रो स्थानमा रहेको छ । यस सिजनमा अल हिलाल अपराजित रहदै शिर्ष स्थानमा रहेको छ ।  त्यसैगरी अल वेहडाको भने ३० खेलमा ३२ अंक रहेको छ र लिगमा १२औं स्थानमा रहेको छ ।