FLASH NEWS

डढेँलोमा परी दुई महिला घाइते


नेपाल आवाज २४ बैशाख २०८१, सोमबार ०७:०० मा प्रकाशित १२४९ पाठक संख्या

बैतडी। बैतडीमा डढेँलोमा परेर दुई महिला घाइते भएकी छन्। दशरथचन्द नगरपालिका–१ की ४६ वर्षीया धौली भुल र ४५ वर्षीया मानवती भुल जलेर घाइते भएकी हुन्।


दशरथचन्द नगरपालिका–१ धेउमडा नजिकै वनमा घाँस काटीरहेका महिला जंङ्गलबाट आएको डढेँलोमा परी घाइते भएको प्रहरीले जनाएको छ।

उनीहरूको स्वास्थ्यवस्था भने मध्यम रहेको प्रहरीको भनाइ छ। जिल्लामा सामान्य उपचार पश्चात थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रेफेर गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।