FLASH NEWS

दक्षिणी गाजाको रफाहबाट इजरायली सेनाले मानिसहरू बाहिर निकाल्न थाल्यो


नेपाल आवाज २४ बैशाख २०८१, सोमबार १४:२० मा प्रकाशित २८९ पाठक संख्या

काठमाडौँ । इजरायली सेनाले दक्षिणी गाजाको रफाह सहरबाट मानिसहरूलाई बाहिर निकाल्ने प्रक्रिया सुरु गरेको छ । रफाह सहरमा १० लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिएका छन् ।


इजरायली सीमा नजिक पूर्वी क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई खान युनिस र अल-मवासी जान भनिएको छ ।

इजरायली सेनाले त्यहाँ टेन्ट, खाना, पानी र औषधिको सुविधा उपलब्ध गराइने दाबी गरेको छ । इजरायलका प्रधानमन्त्री नेतन्याहुले हमासलाई पराजित गर्न रफाहमा भएको आक्रमण आवश्यक रहेको बताएका छन् ।

धेरै मानवअधिकार संगठनहरूले इजरायललाई रफाह आक्रमण नगर्न अपील गरेका छन् । इजरायलले रफाहमा आक्रमण गरे हजारौं प्यालेस्टाइनीको ज्यान जान सक्ने मानवअधिकार संगठनहरूले डर व्यक्त गरेका छन्।