FLASH NEWS

स्वदेश फर्किए उपप्रधानमन्त्री यादव


नेपाल आवाज २५ बैशाख २०८१, मंगलवार ०९:३९ मा प्रकाशित २७७ पाठक संख्या

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव स्वदेश फर्किएका छन् ।


संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औँ  बैठकमा भाग लिएर उपप्रधानमन्त्री यादव गएराती स्वदेश फर्किएका हुन् ।

यादव अमेरिकामा रहेका बेला उनको दल जसपा नेपाल फुटेको छ । वरिष्ठ नेता अशोक राईको नेतृत्वमा जसपा निर्वाचन आयोगमा दर्ता समेत भएको छ । आजै स्वदेश फर्किएका यादवले केहीबेरमा संसदीय दलको बैठक बस्दै छन् ।