FLASH NEWS

काँग्रेस संसदीय दलको बैठक स्थगित


नेपाल आवाज २७ बैशाख २०८१, बिहीबार ११:३३ मा प्रकाशित ३०७ पाठक संख्या

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । कांग्रेसले आज अपराहन्न २ बजेदेखि बस्ने भनेको संसदीय दलको बैठक शुक्रबार बिहान साढे ८ बजे बानेश्वरस्थित संघीय संसद भवन ल्होत्से हलमा बस्ने गरी स्थगित भएको हो ।


कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं  संविधान सभा सदस्य सूर्यमान गुरुङको बैशाख २५ गते असामयीक निधन भएको र उनको आज अन्त्येष्टि गरिने भएकाले कांग्रेस संसदीय दलको बैठक स्थगित भएको हो ।