FLASH NEWS

सर्वोच्च अदालतका आजका सबै इजलास स्थगित


नेपाल आवाज २७ बैशाख २०८१, बिहीबार १३:०३ मा प्रकाशित ३०१ पाठक संख्या

काठमाडौँ । सर्वोच्च अदालतका आजका सबै इजलास बन्द भएका छन् ।


पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि बिहीबार सबै इजलास स्थगित भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिएका छन् । उनले इजलास बन्द भएपनि सर्वोच्चका प्रशासनिक कम भने हुने बताए ।