FLASH NEWS

क्यानले बनायो पाँच समिति


नेपाल आवाज २ जेष्ठ २०८१, बुधबार ११:२३ मा प्रकाशित ६२५ पाठक संख्या

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले विभिन्न समिति गठन गरेको छ । क्यानले दुई बर्ष कार्यकाल रहेका पाँच समिति गठन गरेको हो ।


क्यानले दिवाकर घलेको संयोजकत्वमा प्रतियोगिता समिति, सुदीप शर्माको संयोजकत्वमा अनुशासन समिति, धिरेन्द्र सावदको संयोजकत्वमा विकास समिति, विक्रम विष्टको संयोजकत्वमा प्राविधिक समिति र प्रदिप मझगैयाको संयोजकत्वमा महिला क्रिकेट विकास समिति बनाएको हो ।