FLASH NEWS

सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि पनि छानबिन हुन्छ: रमेश लेखक


नेपाल आवाज १५ जेष्ठ २०८१, मंगलवार २३:४१ मा प्रकाशित ५४१ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा आफूहरूले उठाएको मागबमोजिम नै संसदीय छानबिन समिति बनेको बताउका छन् ।


प्रतिनिधिसभाको बैठकपछि पत्रकार सम्मेलन गर्दै प्रमुख सचेतक लेखकले यस्तो बताएका हुन् । उनले सहकारी ठगीको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन हुने बताए ।

प्रमुख सचेतक लेखकले समिति गठन गर्दा ९ वटा सहकारीको रकम अपचलन भएकोमा छुट्टै व्याख्या गरेर छानबिन हुने बताए ।

सहकारीको रकम दुरुपयोग वा अपलचन भएकोमा त्रुटि देखाएर कारबाही सिफारिस गर्ने उनको भनाइ छ ।

प्रमुख सचेतक लेखकले जो संलग्न देखिएपनि कारबाहीको सिफारिस गर्ने बताए ।

प्रमुख सचेतक लेखकले भने,‘हामीले शुरूदेखि नै समिति गठनको माग गर्यौं । तर समिति बनाउनै हुँदैन भन्नेमा सत्तापक्ष थियो । हामीले गृहमन्त्रीको संलग्नता देखिन्छ भन्दै आयौं । गृहमन्त्री संलग्न देखिए उहाँमाथि कारबाही हुन्छ ।’

गोर्खा मिडियाको नाम लेखेपछि संस्थाका पदाधिकारी र मानिस लेखिरहन नपर्ने प्रमुख सचेतक लेखकले बताए ।

सहकारी संस्थामा सेयरधनी र बचतकर्ताको रकम विभिन्न सहकारबिाट अपलचन, दुरुपयोग, अनुचित लेनदेन भएकोसम्बन्धी विभिन्न आवाज उठेकोले यसकै आधारमा समितिले छानबिन गर्ने उनको भनाई छ।