FLASH NEWS

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी


नेपाल आवाज १८ जेष्ठ २०८१, शुक्रबार १२:०७ मा प्रकाशित ३९१ पाठक संख्या

काठमाडौँ । सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा जारी रहेको छ ।


बैठकमा जेठ १५ गते संसद्‌मा पेश भएको आगामी वर्षको बजेट बारे छलफल हुने भएको छ ।  आइतबारदेखि संसदमा बजेट बारे छलफल हुने कार्यक्रम रहेकाले माओवादीले संसदमा प्रस्तुत हुने रणनीति बारे छलफल गर्न लागेको हो ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेका थिए ।