FLASH NEWS

झोलुङ्गे पुलको लठ्ठा चुँडिदा एक दर्जन खच्चर अड्किए, उद्धार जारी


नेपाल आवाज २७ जेष्ठ २०८१, आईतवार १४:३९ मा प्रकाशित ९६७ पाठक संख्या

धनगढी । अछामको पन्चदेवल विनायक नगरपालिका ९ मा झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १३ वटा खच्चड फसेका छन् ।


आज बिहान पञ्चदेवल नगरपालिकातर्फबाट सामान लिन आठबीस नगरपालिकाको राकम बजार आउँदै गर्दा पुलको लठ्ठा चुँडिदा खच्चड फसेका हुन् । अछाम र दैलेख जोड्ने कर्णाली नदी माथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारका लागि पुलको जाली काटिएको छ ।

अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीसलाई जोड्ने कर्णाली नदीमाथिको उक्त पुलको एकछेउका लठ्ठा चुडिँदा खच्चर अड्किन पुगेका थिए। लठ्ठा

चुडिँएको भागको पुल झुकेपछि १३ खच्चर जालीमा छिरेका थिए । ती खच्चरको उद्धार भइरहेको प्रहरीले जनाएको छ । नजिकै पक्की पुल रहे पनि व्यापारीले झोलुंगे पुलबाट एकैचोटि धेरै खच्चड लैजान खोज्दा दुर्घटना हुन पुगेको बताइएको छ ।