FLASH NEWS

असली कि नक्कली जगतगुरु ? को हुन् असली जगतगुरु ?


नेपाल आवाज १३ असार २०८१, बुधबार १४:५८ मा प्रकाशित ४२०७ पाठक संख्या

यो लेख पाठकहरुलाई नक्कली र सक्कली जगतगुरुबारे जानकारी दिनेबारे रहेको छ । स्वघोषित जगतगुरुहरुको दावी बढिरहेको बेलामा नेपाल तथा विश्वको परिप्रेक्षमा अशली जगतगुरुबारे जानकारी दिनेबारे तयार गरिएको यो लेखका लेखक हुन् गोपाल पाल्पाली आचार्य 

जगतगुरु भनेको के हो ? को हुन् नेपालका प्रथम जगतगुरु ?

‘जगतगुरु’ शब्द दुइटा शब्दको ब्युत्पत्ती जगत + गुरु बाट बनेको हुन्छ । जगतको अर्थ हुन्छ ‘संसार’ र गुरुको अर्थ हुन्छ ‘ज्ञान् दाता’ । यसरी जगतगुरुको संयुक्त अर्थ जगत वा संसारलाई ज्ञान् दिने ज्ञानका दाता अथवा जगत वा संसारले मार्गनिर्देशका रूपमा स्वीकार गरेको महान विभूति भन्ने हुन्छ ।

वैदिक सनातन धर्म अनुसार जगतगुरु को हुन् ?

वैदिक सनातन धर्म अनुसार इश्वर नै सम्पुर्ण चराचर जगतका जगतगुरु हुन् । इश्वर भन्दा ठूलो मार्गनिर्देशक कोहि पनि छैनन् । इश्वर भनेको कुनै साधारण मानव हैनन, सम्पुर्ण जगतका सृष्टिकर्ता, पालनकर्ता तथा मुक्तिदाता समेत हुन् । इश्वर पुर्ण परब्रम्ह हुन् । इश्वरले दिने ज्ञान् पनि पुर्ण छ । इश्वरको सृष्टिमा भएका हरेक वस्तुहरु पुर्ण छन् । शास्त्रमा भनिएको छ-

ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते।
पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते॥

इश्वर एक छन्, निराकार र निरञ्जन छन् भन्ने कुरामा विवाद नहोला । चाहे वैदिक सनातन धर्म होस् वा जुनसुकै पन्थ, सम्प्रदाय, मजहब होस् आ-आफ्नो धार्मिक आस्था अनुसार सबैले स्वीकार गरेको विशिस्ट तत्व नै इश्वर हुन् । त्यसैले इश्वर नै सर्वमान्य जगतगुरु हुन् ।

वैदिक सनातन धर्मका धर्मशास्त्रमा पनि ‘कृष्ण बन्दे जगतगुरुम्’ भनिएको छ । संसारमा कृष्ण भन्दा ठुला कुनै जगतगुरु छैनन् । कृष्ण नै अन्तिम सत्य हुन् । कृष्ण नै सम्पुर्ण जगतका पालनकर्ता हुन् ।

सनातन धर्मभित्र इश्वर एक छन् तर उनको स्वरुप अनेक छन् भन्ने मान्यता रहेको छ । वैदिक सनातन धर्मले ब्रम्हा, विष्णु र महेश्वर लाई त्रिदेवका रूपमा इश्वरको स्वरुप भनेर वर्णन गरेको छ । महेश्वर भगवान शिवको अर्को नाम हो । भगवान शिवलाई देवादिदेव महादेव पनि भनिन्छ र कालको पनि काल महाकाल मानिएको छ । शिव सम्पुर्ण जगतका मुक्तिदाता हुन् । संसारमा  शिव भन्दा ठूलो कुनै मुक्तिदाता छैनन् । उनी देवताहरुका पनि देवता देवादिदेव हुन् । भगवान शिवलाई ‘सत्यम्, शिवम्, सुन्दरम्’ भनिएको छ । जहाँ सत्यम् को अर्थ इश्वर, शिवम् को अर्थ भगवान शिव तथा सुन्दरम् को अर्थ कला आदि सुन्दरताले परिपुर्ण भनेर मानिएको छ । अर्थात् भगवान शिव नै सबै कलाले परिपुर्ण भएका जगतगुरु हुन् ।

यहाँ बुझ्नुपर्ने कुरा के भने भगवान कृष्ण तथा भगवान शिव स्वरुपका आधारमा र कार्यका आधारमा दुइटा स्वरुपमा देखिएतापनि निराकार रूपमा एकै इश्वर हुन् । यहाँ कुनै ठुला र कुनै साना छैनन् ।

भगवान पछि दोस्रो जगतगुरु को हुन् ?
भगवान पछि दोस्रो जगतगुरु वेदाचार्यहरु हुन् । स्वयं भगवान बाट प्राप्त महाज्ञान् सम्पुर्ण जगतलाई दिने ऋषिमुनीहरु हुन् । हामीले ऋषिमुनी तथा वेदाचार्यहरुबाटै ज्ञान् प्राप्त गर्छौं । तसर्थ सम्पुर्ण  जगतलाई ज्ञान् दिने वा सम्पुर्ण जगतले ज्ञानका भण्डारको रूपमा सर्वसम्मतले स्वीकार गरेका गुरु नै जगतका गुरु अर्थात् जगतगुरु हुन् । यस अर्थमा महर्षी वेदव्यास दोस्रो जगतगुरु हुन् ।

कलियुगमा जगतगुरु को हुन् ?
कलियुगमा भगवान लाई प्राप्त गर्न सजिलो छैन । अनि भगवान लाई सबैले प्राप्त गर्न पनि सक्दैनन् । भगवान सम्म पुग्नको लागि वेद वेदान्त जानेको असल गुरुको मार्गनिर्देशन जरुरी हुन्छ । त्यस्ता ब्रम्हज्ञानी असल गुरुले नै भगवान प्राप्तिको सहि मार्ग निर्देश गर्न सक्छन् । तसर्थ वेद वेदान्तको सहि ब्याख्या गर्न सक्ने र आफ्ना सम्पुर्ण शिष्य हरुलाई सहि मार्ग देखाउन सक्ने त्यस्ता गुरु जसलाई सम्पुर्ण जगतले असल गुरुका रूपमा सर्वसम्मतले स्विकार गरेको होस्, तिनै जगतगुरु हुन् । जसमा अहमता नहोस्, रिस राग द्वेष नहोस्, पक्षपाती भावना नहोस्, कुनै वस्तुको लोभ लालच नहोस्, कसै प्रती वैरभाव नहोस्, कुनै माया मोहको बन्धनमा परेको नहोस् । केवल इश्वरीय भक्ति र इश्वरिय मार्गमा लागेर आफ्नो जीवन अर्पण गरेको होस् । त्यस्ता महान गुरु नै वास्तविक जगतगुरु हुन् ।

गुरु शब्दको पहिलो अक्षर ‘गु’ को अर्थ हुन्छ अन्धकार रूपी अज्ञानता अनि दोस्रो अक्षर ‘रु’ को अर्थ हुन्छ हटाउने वाला ।  अर्थात् गुरु नै अज्ञान रूपी अन्धकार लाई हटाउनेवाला ज्ञानका भण्डार हुन् ।

वैदिक सनातन धर्ममा त्यसैकारण गुरु लाई भगवानकै दर्जा दिइएको छ । शास्त्रमा गुरुको महिमाको बारेमा यसो भनिएको छ-

गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः॥

अर्थात् गुरु नै ब्रम्हा हुन्, गुरु नै विष्णु हुन् र गुरु नै महेश्वर हुन् । गुरु साक्षात परब्रम्ह हुन् । त्यस्ता महान सद्गुरु लाई हार्दिक नमन गर्दछु ।

यस अर्थमा हेर्ने हो भने पहिलो जगतगुरु इश्वर, दोस्रो जगतगुरु वेदव्यास हुन् भने कलियुगमा विश्व जगतलाई ज्ञान् दिने विश्व जगतले ज्ञानको भण्डारका रूपमा सर्वसम्मतले स्विकार गरेका महान गुरुहरु तेस्रो जगतगुरुहरु हुन् । कलियुगमा विश्व जगतले स्विकार गरेका जगतगुरुहरु पाँच जना हुनुहुन्छ । जसमा चार मठका मठाधिश चार शंकराचार्य तथा एक निम्बार्काचार्य गरेर पाँच जना गुरुहरु नै वास्तविक जगतगुरु हुन् । शंकराचार्य लाई भगवान शिवको मानव स्वरुपको रूपमा मानिएको छ भने निम्बार्काचार्य लाई भगवान विष्णुको मानव स्वरुपको रूपमा मानिएको छ ।

नेपालको सन्दर्भमा को हुन् प्रथम जगतगुरु ?
यो जटिल प्रश्न हो । खासगरी नेपालको सन्दर्भमा । त्यसो त नेपाल नै सनातन धर्मको उदगमस्थल हो । विभिन्न ऋषिमुनीहरुले तपस्या गरेको तपोभुमी हो । ज्ञान् भुमी हो । वेद लेखिएको वेद भुमी हो र देवी देवताहरुको स्थान भएको देवभुमी पनि हो । नेपालको पवित्र भुमीमा विभिन्न ऋषिमुनीहरुको जन्म भएको थियो । जहाँबाट विश्व जगतले वैदिक सनातन धर्मको ज्ञान् र दर्शन पायो । भाषा, साहित्य, संगीत, कला जस्ता वाङमयको सुन्दरता पायो । नेपालको भुमीको महिमा वर्णन गरेर सकिन्न । यो भुमीमा जन्मिएका हरेक ऋषिमुनीहरु जगतगुरु नै हुन् ।

अब प्रश्न उठ्यो नेपालको प्रथम जगतगुरु को भन्ने ? माथी व्यक्त गरिएको तथ्य लाई आधार मानेर विश्लेषण गर्ने हो भने भगवान शिवको वासस्थान नेपालको हिमालयपर्वत भएको र पशुपतिनाथ र मुक्तिनाथ लगायत बाह्र ज्योतिर्लिङ पनि नेपालमै भएको हुनाले नेपालको भुमीमा वास गर्ने भगवान शिव नै प्रथम जगतगुरु हुन् ।

त्यस्तै त्रिदेवका अर्का देव भगवान नारायणको वासस्थान पनि नेपाल नै भएकोले नारायण स्वरुप भगवान कृष्ण पनि नेपालकै प्रथम जगतगुरु हुन् । बुढानिलकण्ठका रूपमा नेपालमा भगवान नारायणको वास छ । त्यस्तै चागुनारायणका रूपमा पनि भगवान नारायणको वासस्थल नेपालमै रहेको छ । त्यस्तै शेषनारायण, इचंगुनारायण र विसंखुनारायण पनि नेपालमै छन् । त्यतिमात्र हैन भगवान नारायणकै स्वरुप शालिकराम पाउने एकमात्र काली गण्डकी पनि नेपालमै रहेको छ । अझ त्यो भन्दा पनि गहिरिएर हेर्ने हो भने तेत्तीस कोटि देवी देवताको वासस्थान देवघाटधाम पनि नेपालको चितवनमै छ । नेपाल भगवान नारायणको अवतार राम र सीताको जन्मभुमि पनि हो । भगवान रामका सन्तान लब कुसको जन्मभुमि पनि हो । वाल्मीकि आस्रम पनि चितवनमै रहेको छ । जहाँ लब र कुसको वाल्यकाल वित्यो । भगवान नारायणकै शक्ति स्वरुपा माता नारायणी पनि नारायणी नदिको रूपमा यहि बगेकी छिन ।  त्यसकारण कृष्ण रुपि नारायणको स्थान नेपाल भएकोले उनै नारायण स्वरुप कृष्ण पनि नेपालको प्रथम जगतगुरु नै हुन् ।

राजा भरतले राज्य गरेको भरतखण्ड पनि नेपाल नै हो । देवघाट, भरतपुर, रामपुर र अयोध्या सबै चितवनमै छन् । रामले अश्वमेध यज्ञ गरेर छोडेको अश्व (घोडा) लाई लब र कुशले समातेपछी रामसंग युद्ध भएको क्षेत्र नै रामपुर हो । बाउछोराको युद्ध देखि विरक्त भएर माता सिताले समाधी लिनुभएको समाधिस्थल देवघाटमा अहिले पनि देख्न सकिन्छ । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले असली हिन्दुस्थान नेपाल नै हो भनेर त्यसै भन्नुभएको थिएन ।

माथिको तथ्य र तर्क अनुसार महर्षी वेदव्यासको जन्म पनि नेपालकै तनहुँ जिल्लामा भएको हुनाले र वेदव्यासजीले सम्पुर्ण वेद पुराणहरु लेखेर विश्व जगतलाई यहीँबाट ज्ञान दिनुभएको हुनाले महर्षी वेदव्यास नेपालको दोस्रो जगतगुरु हुन् ।

आजको समयमा नेपालको प्रथम जगतगुरु को हुन् ?
यदि देवी देवताको युगलाई छोडेर अहिलेको कलियुगमा नेपालको जगतगुरुको खोज्दै जाने हो भने नेपालको इतिहास लाई खोतल्नुपर्ने हुन्छ । नेपालको इतिहासमा वैदिक सनातन धर्म संस्कृति तथा पुर्वीय दर्शनको ज्ञान लाई विस्तार गर्ने अनेकौं महान विभूतिहरु छन् । राष्ट्रगुरु योगी नरहरीनाथ, गुरु गोरखनाथ, गोरखनाथका पनि गुरु मच्छिन्द्रनाथ, बालगुरु षडानन्द, स्वामी प्रपन्नाचार्य, खप्तड स्वामी जस्ता महान विभूतिहरु नेपालकै माटोमा जन्मिएका ऐतिहासिक विभूतिहरु हुन् । उहाँहरुको योगदान नेपालको इतिहासमा सुनौलो अक्षरले लेखिएको छ । उहाँहरुले दिनुभएको ज्ञान अहिले हामीले पढ्न र बुझ्न पाएका छौं । उहाँहरुले नेपाल लाई मात्र नभएर विश्व जगतलाई नै सनातन धर्मको सहि ज्ञान् दिनुभएको छ । राज्यले उहाँहरु लाई आधिकारिक रूपमा जगतगुरु भनेर घोषणा गरि प्रमाणपत्र नदिएपनी सम्पुर्ण जगतलाई ज्ञान् दिने महान गुरु हुनुभएको अर्थमा उहाँहरु पनि जगतगुरु नै हुनुहुन्छ ।

त्यसपछि नेपालको साधु-सन्तको वृहत् भेलाले भारतीय विद्वानहरुको र नेपाल सरकारको समेतको उपस्थितिमा पहिलोपटक जगतगुरुको उपाधी दिएर आधिकारिक रूपमा घोषणा गरिएका आद्य जगतगुरु अष्टाङ्गयोगनिपुण अवाल ब्रम्हचारी, गोदुग्धहारी, योगिराज स्वामी कमलनयनाचार्य हुन् ।

नेपालको इतिहासकै प्रथम आद्य जगतगुरु योगिराज ‘श्रीकमलनयनाचार्यज्युको अतिसंक्षिप्त जीवनी’ भन्ने किताब पनि खोजेर अध्यन गर्न सकिन्छ । आजभन्दा ३५-३६ बर्ष अगाडी प्रकाशित सो किताबबाट सबै जानकारी पाउन सकिन्छ । सोही किताबमा लेखिएको योगिराज कमलनयनाचार्यको संक्षिप्त जीवनी यहाँ प्रस्तुत गर्न सान्दर्भिक हुन्छ ।

आठ वर्षको उमेरमा उपनयनसंस्कार (व्रतबन्ध) पुरा भएपछि पिताश्रीबाटै वेदाध्ययन सम्पन्न गरी व्याकरण आदि अध्ययनका लागि तत्कालीन विद्वान्‌ भोजपुर दिङ्लामा प्रख्यात परमतपस्वी बालगुरु षडानन्द अधिकारीका सन्निधिमा गई अध्ययनलाई स्वामीजीले अगाडि बढाउनु भयो । आफूमा रहेको अध्यात्मशास्त्र अध्ययनको अभिलाषा पूर्ण गर्न श्रीगुरुदेवबाट विदा. भई अयोध्या गएर वेदान्त आदि शास्त्रको अध्ययन गर्नुभयो । दिङ्लामा रहँदा शिवभक्त गुरुहरूका संगतले शिवजीको साक्षात्कार गर्ने उद्देश्यले श्रीजगन्नाथपुरीमा रहेको शंकराचार्यमठमा पुग्नुभयो । उक्त मठका तत्कालीन शंकराचार्यसँग शिव-सायुज्यप्राप्तिका लागि साधना गराइदिन अनुरोध गर्दा श्रीशंकराचार्यज्यूले आफू गुरुका आनज्ञाले उक्त स्थानमा रहेको हुनाले मर्यादा पालन गर्नु नै आफनो कर्तव्य रहेको बताउँदै श्रीस्वामीज्यूको मुमुक्षु स्वरूपलाई बुझेर श्रीविष्णु काञ्ची गई प्रतिवादीभयंकर अनन्तश्ीविभूषित जगद्गुरु गादीस्वामी अनन्ताचार्यबीट भगवत्‌शरणागति ग्रहण गर्न निर्देशन भए अनुसार त्यस तर्फ प्रस्थान गर्नुभयो ।

शास्त्रार्थमा भारतवर्षका काशी लगायतका ठाउँमा रहेका अद्ैतवादी विभिन्न विशिष्ट विद्वान््हरूलाई परास्त गरी विशिष्टाद्वैतसिद्धान्तको ध्वजा उच्च बनाउनु हुने श्रीअनन्ताचार्य _ स्वामीजीको वरित्रबारे श्रीवरदराज भगवानका मूख्य अर्चक, अनन्ताचार्य स्वामीज्यूका अन्यतम कृपापात्र स्वामी श्रीदामोदराचार्यबाट जानकारी प्राप्त भएपछि श्रीस्वामीजीले अनन्ताचार्य स्वामीजीको दर्शनको: व्यवस्था मिलाइदिनु हन । श्रीदामोदराचार्य स्वामीलाई नै विशेष आग्रह गर्नुभयो ।

श्रीस्वामीज्यूमा रहेको भगवत्‌-शरणागतिको उत्कष्ट इच्छादेखी श्रीगादी स्वामीज्यूले हाम्रा चरित्रनायक श्रीस्वामीज्यूलाई तापपूण्ड्रादि पञ्चसंस्कारसम्पन्न गराई कमलनयन प्रपन्न रामानुज : । श्रीवैष्णवदास यस्तो उत्कृष्ट नाम प्रदान गर्नुभयो । तत्पश्चात्‌ । केही समय अनन्ताचार्य स्वामीजीका साथमा रही विभिन्न ग्रन्थहरूको अध्ययन गर्नुभयो ।

समयक्रम संगै श्रीस्वामीज्यूमा रहेको अष्टाङ्गयोग साधनाको इच्छालाई बुझी श्रीगादी स्वामीज्यूले आफूलाई ) धर्मोपदेशबाट फुर्सद नभएको हुनाले श्रीबदरीकाश्रम नजिक जोशीमठमा गई अष्टाङ्गयोगमा पारङ्गत श्रीरघुनाथाचार्यज्यूबाट योगाभ्यासको शिक्षा लिन निर्देशन गर्नुभयो । आफना आचार्यबाट प्राप्त भएको निर्देशन अनुसार थाईवाडी जोशीमठ पुगी गाई र गुरुको सेवा गर्दै अष्टाङ्गयोग साधनालाई अगाडि बढाउनु भयो । श्रीस्वामीज्यूले केवल गोदुग्धमात्र पान गर्ने कार्यको-प्रारम्भ योगाभ्यासको क्रमसँगै थालनी गर्नुभएको हो । जुन कार्यले  वैकुण्ठबास नहुन्जेलसम्म निरन्तरता पाएको थियो । यसैबीच श्रीबदरीनाथ भगवानको दर्शनार्थ बम्बईबाट भक्त, भागवत र  सेठहरूका साथ श्रीगादी स्वामीजी जोशीमठको रामवागमा सवारी भएको खवर पाई श्रीरघुनाथाचार्य स्वामीज्यूका साथमा त्यहाँ पुग्नुभयो ।

उक्त अवसरमा श्रीरघुनाथाचार्य स्वामीज्यूले आफूले योगाभ्यास गराएका धेरै शिष्यहरू मध्ये श्रीस्वामीजीमा रहेका आचार्यनिष्ठा एवं सत्पात्रतासम्बन्धी गुणबाट आफू प्रभावित भएको क्रा श्रीगादी स्वामी समक्ष बिन्ती गर्दै श्रीस्वामीज्यूलाई आचार्यपदमा विभूषित गराउन अनुरोध गर्नुभयो । वहाँको यस प्रकारको आग्रहलाई श्वीगादी स्वामीजीले तत्काल पुरा गर्दै वहाँलाई आफनै देश नेपाल गई श्रीवैष्णव सम्प्रदायको विकास र विस्तारमा लाग्न निर्देशन गर्नुभयो । आफना आचार्यको यसै दिव्य आज्ञालाई शिरोपर गरी श्रीस्वामीजीले नेपाल प्रवेश गरेर सेती अञ्चल, कैलाली जिल्लाको जोरायल सैगडामा श्रीरघुनाथ पन्तज्यूको परिवारलाई श्रीवैष्णवीय दीक्षा प॒दान गरी केही समय त्यहीँ कुटी बनाएर रहनुभयो । उक्त कार्यमा श्रीस्वामीज्यूलाई योगाभ्यासका सहपाठी श्रीखगेन्दाचार्यज्यूले सहयोग गर्नुभएको थियो । त्यहाँबाट राजापुर, नेपालगञ्ज, दाङ, सल्यान, प्यूठान, गुल्मी आदि क्षेत्रमा भ्रमण गरी धर्मप्रचार गर्नुभयो ।

वि.सं. २०१० सालमा प्रयागराजमा कुम्भस्नानका लागि जाँदा दारागञ्ज (प्रयाग) स्थित श्रीनृसिंह मन्दिरमा चूडामणि शास्त्री (ढकाल)सँग भेट भयो । परिचयको क्रममा इलाम नामसालिङ्को जन्मस्थानको परिचयले भगवत्सम्बन्ध र सांसारिक सम्बन्ध पनि नजिक बनायो । धर्मोपदेशका निम्ति श्रीशास्त्री ज्यूले गर्नुभएको आग्रहलाई स्वीकार गरी आसामको मुनाबारी सवारी भई धर्मप्रचारका साथ वेदविद्यालय खोली विद्याको समेत विकास र प्रचार गराउनु भयो ।

उक्त स्थानमा नेपाल, भारत, भूटान आदि देशका अनेकौं विद्यार्थीहरूले वेद, व्याकरण आदि सामान्यशास्त्र तथा श्रीवचनभूषण आदि रहस्यशास्त्रको अध्ययनको अवसर गर्नेहरू आज पनि त्यो दिव्य अवसरको स्मरण गर्दै हुनुहुन्छ । श्रीस्वामीज्यूको छत्रछायाँमा बसी सत्‌ शास्त्र अध्ययन गर्नुहुने विद्वान्हरूमा नेपालबाट भागवताचार्य दाहाल, केशवाचार्य बाँस्कोटा, खगेन्द्रचार्य गड्तौला, भूटानबाट कृष्णप्रपन्न प्याक्रेल, नारायणाचार्य प्याक्रेल, दाशरथी नेपाल आदि एवं भारतबाट पं टीकाप्रसाद सापकोटा, पं देवीप्रसाद सापकोटा, स्वामी परांकशाचार्य, हरिनारायणाचार्य गौतम जगन्नाथ शास्त्री आदि प्रसिद्ध हुनुहुन्छ । आसामबाट नेपालको दाङ्‌ क्षेत्रमा श्रीस्वामीज्यू धर्मप्रचारमा व्यस्त हुँदा वि.सं. २०२१ मा. भूटानबाट नारायणाचार्य ज्यूका साथमा आएका सोह्र जनाको टोलीले दर्शन पायो । त्यस समयमा श्रीस्वामी ज्यूको रिडीतर्फ सवारी हुने समय भएको हुनाले सबैलाई रिडी नै लगी समाश्रय गराउनु भयो ।

भूटानका भक्तहरूको आग्रहमा वि.सं. २०२२ सालको माघ महिनामा श्रीस्वामी ज्यूको प्रथम पटक भूटान सवारी भयो । उक्त अवसरमा नै भूटानको माउगाउँमा श्रीस्वामीजीका करकमलबाट श्रीलक्ष्मीनारायण मन्दिरको शिलान्यास गरी वि.सं. २०४५ सालमा स्वामीजी कै समुपस्थितिमा प्राणप्रतिष्ठा सम्पन्न भयो ।

उक्त समयमा भूटान यात्राका क्रममा श्रीस्वामीजी भूटानका विभिन्न स्थानहरू जस्तै सरे, दागापेला, चिराङ्‌, न्याउली आदि स्थानहरूमा भक्तका घर घर सवारी भई पितृउद्धार र श्रीवैष्णवीय दीक्षा प्रदान गराउनु भएको कुरा अद्यापि त्यस अवसरलाई आत्मसात गर्नुहुने सबैले स्मरण गर्दै हुनुहुन्छ । यस क्षेत्रको अवलोकनपछि यसै रमणीय कनकाई नदीको पवित्र पश्चिम तटमा श्रीलक्ष्मीनारायण मन्दिरको शिलान्यास समेत हुन लागेको अवस्थामा  श्रीस्वामीज्यूले भक्तहरूद्वारा श्रद्धापूर्वक समर्पण गरिएको आफुसंग  रहेको धन, द्रव्य, यहीँ नै विनियोजन गर्नु भएको कुरा सर्वविदितै छ ।  श्रीस्वामीजीद्वारा यस क्षेत्रमा निर्माण गरिएका विद्यालय यज्ञशाला, गौशाला, विवाहमण्डप, अतिथिगृह जस्ता धरोहर हाम्रा लागि जीवन्त इतिहास बनेर रहेका छन्‌ । उक्त स्थानमा सञ्चालित गुरुकुल विद्यालयको आश्रय पाई नेपालका मात्र नभई भारत र भूटानका समेत विद्यार्थी लाभान्वित भएर धार्मिक, शैक्षिक, प्रशासनिक आदि क्षेत्रको उच्चतहमा पग्नु निश्चय नै सबैका निम्ति गौरवको विषय हो ।

श्रीस्वामीजीको आदर्शव्यक्तित्व र धार्मिक क्षेत्रमा पुन्याउनु भएको योगदानलाई उच्च सम्मान व्यक्त गर्न वि.सं. २०४० सालको फागुन महिनामा नवलपरासी जिल्लास्थित श्रीरामानुज वेद विद्याश्रम, गैडाकोटमा आयोजना गरिएको २४ कुण्डात्मक गायत्री महायज्ञमा श्रीस्वामीजीलाई नेपालकै प्रथम जगद्गुरुका रूपमा अभिषिक्त गरियो ।  अनन्तश्वीविभूषित श्रीमन्नारायण चिन्न. जीयर स्वामीज्युको उपस्थितिमा देशविदेशका सन्त, महन्त र  धर्माचार्यहरूले वैदिक विधिपूर्वक एक हजार आठ घडाबाट अभिषेक प्रदान गर्नुभएको करा सर्वविदित नै छ ।

प्रारम्भमा उक्त पदले विभूषित हुन अस्वीकार गर्नुहुने श्रीस्वामीजीको दिव्यव्यक्तित्व पद र नामका निम्ति मर्यादा र शिष्टाचार ख्याल नगर्ने सबैका निम्ति एउटा आदर्श शिक्षा हुनु पर्छ । सम्पूर्णानन्द विश्व विद्यालयका प्राध्यापक श्रीजगन्नाथाचार्य कण्डेल एवं रामदेशिक महाविद्यालयका आचार्य भागवत भण्डारीज्यूको विशेष आग्रहमा विशिष्ट आचार्यहरूको प्रयासद्वारा श्रीस्वामीजीले गैंडाकोटको उक्त कार्यक्रममा सहभागी बन्नुभएको कुरा तत्कालीन श्रीस्वामीज्यूको सान्निध्य प्राप्त गर्नुहुने सबैलाई ज्ञात भएको विषय हो ।

प्रचार-प्रसार-निरपेक्ष रहन चाहने स्वभाव, वर्तमान समयको जस्तो पर्याप्त सूचना र सञ्चारको अभाव, तत्कालीन अभिलेखको पूर्ण सुरक्षणको व्यवस्था नहुनु आदिले श्रीस्वामीजीको दिव्य वैभव केही ओझेल पर्न गएको अनुभव हुँदैछ ।

अर्को तर्फ जगद्गुरुपदमा अभिषिक्त भएपछि श्रीस्वामीजीको भूटान प्रस्थान एवं त्यही क्रममा नै वैकण्ठबास भएका कारणले पनि उक्त अवस्था सुजना भएको हो ।

झापा, माईधार स्थित श्रीलक्ष्मीनारायण मन्दिरको अपूर्ण निर्माणकार्यलाई पूर्णता दिने इच्छा तथा भूटानका भक्तहरूको आग्रहलाई स्वीकार गरी श्रीस्वामीजी वि.सं. २०४१ चैत्र २१ गते भूटानबाट लिन आउनुहुने भूटानका तत्कालीन सांसद श्रीनारायण अधिकारी एवं माधव चौहानज्यूले तेस्रो पटक भूटान तर्फ सवारी गराउनु भयो । भूटानका भक्तहरूलाई दर्शन दिँदै वि.सं. २०४२ वैशाख १७ गते सूरे भूटानको पल्लो डाँडामा बनाएको कुटीमा आयोजना गरिएको त्रिदिवसीय श्रीमन्नारायण सङ्कीर्तन कार्यक्रमको समापन सँगसँगै प्रात: कालीन अरुणोदयको समयमा हजारौं भक्त भागवतको माझमा अनन्तश्चीविभूषित प्रपन्न जगद्गुरु गोदुग्धाहारी आबाल बहमचारी श्रीकमलनयनाचार्य स्वामीज्यूको दिव्यवैकृण्ठ गमन भएको थियो ।

यसरी ११७ वर्षसम्मको सुदीर्घ धराधाम बासको क्रममा श्रीस्वामीजीबाट कृपा प्राप्तगर्न सफल अनेकौं भक्त, भागवतहरू आज पनि उहाँको दिव्य मंगलविग्रह एवं गुणानुवादको अनुसन्धान गर्दै हुनुहुन्छ । स्मरण रहोस्‌- श्रीस्वामीजीको बैकुण्ठ गमन भएको उक्त स्थानमा श्रीलक्ष्मीनारायण मन्दिर निर्माण गरि प्राणप्रतिष्ठा सम्पन्न भएको छ । अन्यत्र पनि उहाँको अपूर्व कीर्ति कायम राख्न दत्तचित्त हुनेहरूको सक्रियता बढ्दै गएको छ ।

श्रीस्वामीजीको विशेष कृपादृष्टि प्राप्त स्थान माईधार, झापामा श्रीलक्ष्मीनारायण मन्दिरको अपूर्ण निर्माणले श्रीस्वामीज्यूको वैकुण्ठगमन पश्चात्‌ पनि सम्पूर्ण भक्तहरूको सहयोगले पूर्णता पाएर प्राणप्रतिष्ठा पश्चात्‌ भगवानको नित्य सेवा-आराधना चलिरहेको छ ।