FLASH NEWS

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले छाेडिन् देश ! प्रदर्शनकारीहरू बंगलादेशको प्रधानमन्त्री निवासमा प्रवेश


नेपाल आवाज २१ श्रावण २०८१, सोमबार १५:४५ मा प्रकाशित २०५३ पाठक संख्या

प्रधानमन्त्री शेख हसिनाले हिंसात्मक प्रदर्शनपछि राजीनामा दिएकी छन् । आइतबार र सोमबार विरोध प्रदर्शन उग्र हुँदै ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका थिए।


उनले सोमबार राजीनामा दिएपछि देश छाडेको बताइएको छ। बीबीसीको बांग्ला सेवाका अनुसार, प्रदर्शनकारीहरू बंगलादेशको प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन्। र्युटर्सका अनुसार यतिखेर बंगलादेश सेनाको नियन्त्रणमा पुगेकोछ।

बंगलादेशमा गत महिनादेखि आरक्षणको विरोधमा आन्दोलन भइरहेको छ। तर शेख हसिनाले आन्दोलनमा उठेका मागहरूलाई सम्बोधन गर्न चासो देखाएकी थिइनन्।