FLASH NEWS

राजेन्द्र लिङ्ग्देनको घर : मिनबहादुर गुरुङको गिफ्ट ? रहस्य अर्कै ( प्रमाण सहित )


नेपाल आवाज २३ कार्तिक २०८१, शुक्रबार ११:१७ मा प्रकाशित ८५२१ पाठक संख्या

२३ कार्तिक २०८१ । काठमाण्डौ। राप्रपाका अधक्ष राजेन्द्र प्रसाद लिङ्ग्देन, ” भ्रस्टाचार गरेर खानु आमाको रगत खानु बराबर हो ” भन्ने नारा लिएर चर्चित बनेका नेता हुन्।


एकातर्फ उनको यहि नाराले चर्चा पाईरहँदा जब एमाले अधक्ष केपी शर्मा ओलीले भाटभटेनिका अधक्ष मिनबहादुर गुरुङसंग एमाले पार्टिको नाममा जग्गा दानको रुपमा लिए त्यसपछि यो नीतिगत भ्रस्टाचार हो वा हैन ? भन्ने प्रश्न चुलिएको छ।

एमाले अधक्ष र मिनबहादुर गुरुङको सम्वन्धबारे अनेक चर्चा भईरहेको बेलामा मिनबहादुर गुरुङ र राप्रपा अधक्ष राजेन्द्र प्रसाद लिङ्ग्देनलाई पनि जोडेर केहि समाचारहरु सार्वजनिक भईरहेका छन्।

तिनका शिर्षक यस्ता प्रकारका छन् , “राप्रपा अधक्ष बस्ने घर मिनबहादुर गुरुङको गिफ्ट। ”

एमाले अधक्षले यसरि पार्टीको नाममा सहयोग लिन लागेको कुरा बाहिरिएपछि राप्रपा अधक्ष राजेन्द्र प्रसाद लिङ्ग्देनले चर्को बिरोध गरेका थिए तर उनैको नाम जोडेर मिनबहादुर गुरुङसंग घर गिफ्ट लिएको भन्दै समाचारहरु सार्वजनिक भएपछी सबैजना आश्चर्यचकित परेका थिए तथापि यसरि प्रचार गर्नेहरुमा भने लिङ्ग्देन बिरोधिहरुको सक्रियता देखिन्थ्यो।

यसरि प्रकाशित भएको समाचारलाई आधार मानेर सामाजिक संजालमा विभिन्न बहस चुलिएको बेलामा नेपालआवाजलाई प्राप्त भएको तथ्य भने अर्कै छ जसअनुसार राप्रपा अधक्ष राजेन्द्र प्रसाद लिङ्ग्देन २ कोठे घरमा भाडामा बस्ने गरेका छन् र उनको घरको सहमति पत्र समेत नेपालआवाजलाई प्राप्त भएको छ।

यो सम्झौता अनुसार मासिक रु २० हजार रुपैयाँमा सरला गुरुङको घरमा राप्रपा अधक्ष राजेन्द्र प्रसाद लिङ्ग्देन २०८० साल जेष्ठ १ गतेबाट बस्दै आएको देखिन्छ। उक्त घर महालक्ष्मी नगरपालिका वडा नम्बर ९ स्थित ग्रिन भ्याली होम्स हाउजिङ्गको घर नम्बर बि २ भएको भनेर सहमतिमा उल्लेख गरिएको छ ।

यहि विषयमा नेपालआवाजले थप जानकारी लिन खोज्दा कसैलाई जिज्ञासा भए घरमै आएर हेर्न , बुझ्न र अवलोकन गर्न सकिने जानकारी राप्रपा अधक्ष निकट श्रोतले दिएको छ।

त्यसैगरि कुनै पूर्वाग्रह राखेर निकालिने गलत समाचारहरुको बिश्वास नगर्न पनि आग्रह गरिएको छ।

समाचार कहाँबाट कसरि आयो ? भनि जानकारी लिन खोज्दा विरोधीहरुले चरित्र हत्या गर्ने उद्देश्यले विरोधीहरुले नै आफू निकट पत्रकार र अनलाईनहरुलाई ति समाचार लेख्न लगाईएको बुझिएको छ।

यस्तो छ घरभाडाको सम्झौता