FLASH NEWS

रविलाई थुनामा राख्न उच्च अदालतको आदेश !


नेपाल आवाज २१ चैत्र २०८१, शुक्रबार १९:५२ मा प्रकाशित १२७९ पाठक संख्या

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।

न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले शुक्रबार बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराध सम्बन्धी मुद्दामा जिल्लाको आदेश उल्टाउँदै थुनामा पठाउने आदेश गरेको हो ।


सो मुद्दामा उच्चमा बिहीबारदेखि बहस सुरु भएको थियो । यसअघि लामिछाने जिल्ला अदालतबाट १ करोड धरौटीमा रिहा भएका थिए ।