FLASH NEWS

सुर्खेतमा आज पूर्वराजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन


नेपाल आवाज १३ जेष्ठ २०८०, शनिबार ०८:२७ मा प्रकाशित ११७७३ पाठक संख्या

सुर्खेत- पूर्वराजा ज्ञानेन्द्र शाहको आज सुर्खेतमा नागरिक अभिनन्दन गरिने भएको छ ।


सुर्खेतमा हुने नागरिक अभिनन्दन ग्रहणका लागि उनी अपरान्ह ३ बजे कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आउने छन् ।

राप्रपा सुर्खेतका अध्यक्ष कविराम पुरीका अनुसार पुर्व राजाको नागरिक अभिनन्दन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको छ । उनका अनुसार पूर्वराजा शाहसहित पूर्व महारानी कोमल, पूर्व युवराज्ञी हिमानी शाह पनि अभिनन्दन कार्यक्रममा सहभागी हुनेछन् ।

नागरिक अभिनन्दन कार्यक्रमलाई अनुशासित र ब्यबस्थित गर्न स्वयमसेवक युवाहरु परिचलित गरिने राप्रपा सुर्खेतले जनाएको छ ।

यसका साथै शिव सेना नेपालको केन्द्रिय सचिव नारायण अर्यालको नेतृत्वमा सयौं शिव सैनिक(युवा)ले पूर्वराजा शाहको सुरक्षा व्यवस्थालाई सहजिकरण गर्ने बताइएको छ ।

यसअघि पूर्वराजा शाहको नेपालगञ्ज,धनगढीमा नागरिक अभिनन्दन गरिएको थियो । अभिनन्दन कार्यक्रममा जिल्लाबाट सयौं सर्वसाधारण सहभागी भएका थिए ।

अभिनन्दन कार्यक्रम पश्चात् राजपरिवारले देउती बज्यै मन्दिर र कालिका मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।