FLASH NEWS

धरानका मेयर हर्क साम्पाङले पनि रोक लगाए ‘आदिपुरुष’


नेपाल आवाज ४ असार २०८०, सोमबार १२:०५ मा प्रकाशित १७२३ पाठक संख्या

काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि उपमहानगरभित्र भारतीय चलचित्र ‘आदिपुरुष’ चल्न नदिने भएका छन्।


उनले सोमबार सामाजिक सञ्जालमार्फत् धरानका चलचित्रहलहरूलाई आदिपुरुष प्रदर्शन नगर्न निर्देशन दिएका हुन्।

यता, पोखरा र काठमाडौं महानगरपालिकाले भने भने कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न नदिने जनाएका छन्।

दुवै महानगरले चलचित्र आदिपुरुषमा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नसच्याइएको हुँदा सोमबारदेखि कुनै पनि हिन्दी चलचित्र चल्न नदिने बताएका हुन्।

यो पनि पढ्नुहोस् :

‘आदिपुरुष’ विवादबारे भारतीय कम्पनीले नेपाल चलचित्र विकास बोर्ड र बालेनलाई पठायाे पत्र

भारतीय फिल्म ‘आदिपुरुष’ विवाद : सरकारको प्रतिक्रिया – गम्भीर ध्यानाकर्षण !

‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउनका लागि पहल थाल्न सरकारलाई बालेनकाे पत्राचार

भोलिदेखि काठमाडौँ महानगरभित्र भारतीय फिल्म चल्न नदिने बालेनको घोषणा