विराटनगर – कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्वव थापाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।
शुक्रबार विराटनगरस्थित प्रदेश प्रमुख कार्यालयमा प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई शपथग्रहण गराएका हुन्।
९३ प्रदेस सभासदस्य रहेको प्रदेशमा सरकारका लागि मुख्यमन्त्री थापासहित गठबन्धन दलले ४७ प्रदेश सभासदस्यको बहुमत संख्या पुराएको प्रदेश प्रमुख खापुङले जानकारी दिए।
प्रदेश कार्यालयका अनुसार मुख्यमन्त्री पदकका लागि गठबन्धनमा कांग्रेस २९,माओवादी १२, एकीकृत समाजवादी ४, जसपा १ र सभामुख बाबुराम गौतमसहित संख्या पुगेको हो।
शपथ लगत्तै मुख्यमन्त्री थापाले पहिलो चरणमा दुई जनालाई मन्त्री नियुक्त गरेका छन् । थापाले नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरुले आजै शपथ ग्रहण गरेका छन् । उनीहरुको मन्त्रालय तोकिएको छैन ।
माओवादी केन्द्रले भने सरकारमा मन्त्री पठाएको छैन । मन्त्री छनोटका लागि छलफलमै रहेको माओवादीले जनाएको छ ।