FLASH NEWS

प्रहरीले सिंहदरबार आसपास हिँड्न पनि निषेध गर्‍यो


नेपाल आवाज १५ फाल्गुन २०८०, मंगलवार १५:३३ मा प्रकाशित ११७७ पाठक संख्या

काठमाडौं – प्रहरीले सिंहदरबार आसपास हिँड्न पनि निषेध गरिएको छ । लघुवित्त पीडितहरुको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि सिंहदरबार वरपरका फुटपाथमा हिँड्न कडाइ गरिएको हो ।


सिंहदरबार आसपास अहिले फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ । नयाँ बानेश्वरस्थित संसद् भवन आसपास भने हिँड्न रोक लगाइएको छैन । तर, समूहमा हिँड्न दिइएको छैन । लघुवित्त पीडितको टोली संसद् भवनमा प्रवेश गरेपछि गृह मन्त्रालयले भवनको बाहिरी सुरक्षामा खटिने प्रहरी निरीक्षकसहित ३२ जनाको टोलीलाई एकैसाथ जिम्मेवारीबाट हटाएको थियो ।

सोमबार दिउँसो भएको घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाइसकेको छ । समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

निषेधित क्षेत्र पार गरेर संसद् भवनभित्र छिरेको आरोपमा प्रहरीले सोमबार ४९ जना लघुवित्त पीडितलाई नियन्त्रणमा लिएको थियो ।

यो पनि पढ्नुहोस्:

संसद् भवन परिसरमा अनौठो दृश्य :कहाँ चुक्यो सुरक्षा संयन्त्र ? गल्ती कसको ?

संसद् भवनमा लघुवित्त पीडित छिरेपछि प्रहरी निरीक्षकसहित ३२ जनालाई जिम्मेवारीबाट हटाइयो

संसद भवनमा लघुवित्त पीडित छिरेकोबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

संसद् भवनभित्रै प्रदर्शन गर्ने ४९ लघुवित्त पीडित पक्राउ