FLASH NEWS

राप्रपाको कृसमस मोह ! नारामा हिन्दुराष्ट्र तर ब्यवहारमा धर्म निरपेक्षता


नेपाल आवाज १० पुष २०८१, बुधबार २०:२२ मा प्रकाशित ३४३३ पाठक संख्या

काठमाडौ । आज कृसमस । आज नेपालमा कृसमस पर्वको निक्कै ठूलो प्रभाव देखा परेको छ । समाजमा तथा अन्यत्र कृसमसको प्रभाव देखिनुलाई सामान्य मान्न सकिन्छ ।


धर्म निरपेक्षतावादी दलहरुले कृसमसको शुभकामना दिनु पनि स्वभाविक नै हो । तर आफूलाई धर्म सापेक्षताको नायक मान्ने दल राप्रपाका नेताहरुमा समेत अचम्मैको कृसमस मोह देेेेेेखिएको छ ।

बिहानै राप्रपा अधक्ष राजेन्द्र लिङदेनले कृसमसको शुभकामना दिए भने राप्रपाका वरिष्ठ उपाधक्ष रविन्द्र मिश्रले विदेश पुगेर पनि कृसमसको शुभकामना दिन साँझैमा भए पनि चुकेनन । शुभकामना मात्रमा उनको पोस्ट सिमित रहेन । उनले त परिवारसंग कृसमस नै मनाएको फोटो समेत फेसबुकमा राख्न भ्याए ।

तर राप्रपाका चर्चित युवानेता ज्ञानेन्द्र शाहिले भने कतैपनी कृसमसको शुभकामना दिएको देखिएन ।

यतिसम्म कि, राप्रपाले इशाई सांसद विना लामालाई समानुपातिक सांसद बनाएदेखी नै राप्रपाको इशाई मोह छरपस्ट भएको थियो । विभिन्न हिन्दुवादी अभियन्ता तथा धार्मिक गुरुहरुले सो कार्यको खुलेरै बिरोध गरेका थिए ।

यी घटनाहरुबाट राप्रपाको नारा हिन्दुराज्यको तर मोह धर्म निरपेक्षताको भन्ने स्पस्ट रुपमा देखिएको छ । त्यसो त राप्रपाका नेताहरु यहि धर्म निरपेक्षताको संविधानलाई स्विकारी पटक पटक उपप्रधानमन्त्री तथा मन्त्री पदमा पुगिसकेका छन् ।