FLASH NEWS

बालकद्वारा शिक्षिकामाथि गो’ली प्रहारः बन्दुकबारेमा गराइएको थियो सचेत


नेपाल आवाज ३० पुष २०७९, शनिबार १९:०२ मा प्रकाशित १२३१ पाठक संख्या

एजेन्सी, भर्जिनिया स्कुलमा गत साता आफ्नो शिक्षकलाई गो’ली हानेको कथित रूपमा बच्चासँग ह’तियार हुन सक्ने भनेर गोली चलाउनु अघि त्यहाँका एक कर्मचारीलाई सचेत गरिएको बताइएको छ । गत साता ६ वर्षीय बालकले आफ्नै शिक्षकलाई विद्यालयमा गो’ली हानेका थिए ।


सचेतपछि बालकको झोला खोजियो तर कुनै ह’तियार फेला परेन, रिचनेक इलिमेन्टरी स्कूलका सुपरिटेन्डेन्ट जर्ज पार्करले अभिभावकलाई बताए।

प्राथमिक कक्षाकी शिक्षिका अबिगेल ज्वेर्नरलाई बालकले “जानाजानी“ गो’ली हानेको प्रहरीले बताएको थियो । शिक्षिकालाई ग’म्भीर चोट लागेको थियो ।

उनले आमाको बन्दुक प्रयोग गरेको प्रहरीले जनाएको छ । सो गो’लीकाण्डले न्यूपोर्ट न्यूज सहरलाई त्राहिमान बनाएको छ ।  बालकले ह’तियार लुकाएका थिए वा किन अधिकारीहरूले झोलामा फेला पारेनन् भन्ने विद्यालय प्रमुख पार्करले स्पष्ट पारेका छैनन् ।