आज: | Tue, 06, Jun, 2023
FLASH NEWS

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो


नेपाल आवाज २ माघ २०७९, सोमबार १२:२६ मा प्रकाशित १४३५ पाठक संख्या

आइतबार बिहान पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटिएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीका अनुसार सोमबार बिहान दुर्घटनास्थलमा ब्ल्याक बक्स भेटिएको हो ।

बैंकिङ काउन्टर दिउँसो १ः३० बजेसम्म खुल्ने: पोखरामा भएको विमान दुर्घटनाको क्रममा सरकारले सोमबार सार्वजनिक बिदा दिए पनि बैंकिङ काउन्टर केही समय खुल्ने भएको छ। सरकारले अत्यावश्यक सेवाबाहेक देशभर शोक बिदा दिने तथा आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियाे ।

सोमबार बिदा रहे पनि नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायतका अत्यावश्यक सेवा खुला हुने केन्द्रीय बैंकले जनाएको छ ।  बिहान १० देखि १ः३० बजेसम्म इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्न पाउने राष्ट्र बैंकले जनाएको छ।