FLASH NEWS

राष्ट्र बैंकले हटायो आयातको क्रममा नगद मार्जिन राख्नुपर्ने व्यवस्था


नेपाल आवाज ६ माघ २०७९, शुक्रबार ११:३४ मा प्रकाशित ३४२७ पाठक संख्या

नेपाल राष्ट्र बैंकले एक वर्षपछि आयातको क्रममा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको छ।


मुलुकको विदेशी मुद्राको सञ्चितिमा ह्रास आएसँगै राष्ट्र बैंकले गत वर्षदेखि आयातमा लगाउँदै आएको अनिवार्य नगद मार्जिनको व्यवस्था हटाएको छ । एक वर्षदेखि आयातको प्रतिपत्रमा ५० देखि ७० प्रतिशत सम्मको रकम व्यवसायीले आफैंले हाल्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको थियो । बिहीबार परिपत्र जारी गर्दै बैंकले यस्तो व्यवस्था ल्याइको हो ।

राष्ट्र बैंकले २०७८ पुस र माघमा दुई पटक गरेर ४८ समूहका हार्मोनी कोडका वस्तुको आयातका लागि एलसीमा नगद मार्जिनको व्यवस्था गरेको थियो । तर, अझै पनि राष्ट्र बैंकले कतिपय वस्तुहरु मा आयातमा नगद मार्जिनको व्यवस्था कायमै राखेको छ ।