FLASH NEWS

आज कुन मुद्रा कतिमा हुँदै छ खरिदबिक्री


नेपाल आवाज ७ माघ २०७९, शनिबार १२:०३ मा प्रकाशित १७२९ पाठक संख्या

नेपाल राष्ट्र बैकले आज अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ५० पैसा र बिक्रीदर १३० रुपैयाँ १० पैसा कायम गरेको  छ।


राष्ट्र बैंकले शनिबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ २६ पैसा र बिक्रीमा १४० रुपैयाँ ९१ पैसा पाइन्छ। त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६० रुपैयाँ ५६ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ ७६ पैसा र बिक्रीमा ९० रुपैयाँ १८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ १३ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५७ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ५२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६३ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ २६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शनिबार ३० रुपैयाँ २२ पैसा र बिक्रीमा ३० रुपैयाँ ३६ पैसा पाइन्छ। शनिबार कुवेती दिनार एकको खरिदमा ४२३ रुपैयाँ ७१ पैसा र बिक्रीमा ४२५ रुपैयाँ ६८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३४५ रुपैयाँ १२ पैसा तोकिएको छ।