आज: | Mon, 04, Mar, 2024
FLASH NEWS

नवजात शिशु फाल्ने अभियुक्त सात वर्षपछि पक्राउ


नेपाल आवाज १२ माघ २०७९, बिहीबार ०८:४८ मा प्रकाशित १३४५ पाठक संख्या

कर्तव्य ज्यान मुद्दामा सात वर्षअघि फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने गोरखा शहिदलखन गाउँपालिका–९ की २७ वर्षीया सीता लामिछाने रहेकी छन् ।लामिछानेले २०७० मंसिर ७ गते शिशु जन्माएर चितवनमा साविकको पिठुवा गाजिस–७ माधवपुरस्थित धानखेतको कुलोमा बेवारिसे फालेको अवस्थामा नवजात शिशुको शव फेला परेको थियो । सर्वोच्च अदालतको २०७२ फागुन २० गतेको फैसलाले उनलाई कर्तव्य ज्यान मुद्दामा पाँच वर्ष कैद सजाय सुनाएको थियो । त्यसपछि फरार रहेकी उनलाई केन्द्रीय अनसुन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो ।