FLASH NEWS

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?


नेपाल आवाज १२ माघ २०७९, बिहीबार १९:२३ मा प्रकाशित ३२८३ पाठक संख्या

बिहिबार अमेरिकी डलरको भाउ घटेको छ।नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ २५ पैसा र बिक्रीदर १३० रुपैयाँ ८५ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा यसको मूल्य २१ पैसा घटेको हो । यसअघि बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ४६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६ पैसा तोकिएको थियो ।त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ७० पैसा र बिक्रीमा १४२ रुपैयाँ ३५ पैसा पाइन्छ।बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ३२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६ पैसा तोकिएको छ।


त्यसैगरी, अष्ट्रेलियन डलर ७९ पैसाले वृद्धि भएको छ । यसको खरिददर आज ९२ रुपैयाँ ३५ पैसा र बिक्रीमा ९२ रुपैयाँ ७७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ३८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८३ पैसा कायम रहेको छयस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८१ पैसामा कारोबार भइरहेको छ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८५ पैसा तोकेको छ।युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६२ पैसा तोकीएको छ । मलेसियन रिंगिट एकको खरिदमा बिहिबार ३० रुपैयाँ ५६ पैसा र बिक्रीमा ३० रुपैयाँ ७१ पैसामा पाइन्छ।बुधबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ५९ पैसामा कारोबार भैरहेको छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ८ पैसा तोकिएको राष्ट्र बैंकको विवरणमा उल्लेख गरीएको छ।