FLASH NEWS

रविले दिए पदबाट राजीनामा


नेपाल आवाज १३ माघ २०७९, शुक्रबार २०:५७ मा प्रकाशित १५५५ पाठक संख्या

रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृह मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्न्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् । सर्वोच्च अदालतले रवि लामिछाने नेपाली नागरिक नरहेको फैसला गरेपछि उनको सांसद, उपप्रधानमन्त्री, मन्त्री र पार्टी सभापति पद गुमेको छ । निवर्तमान उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले सरकारी निवास छाडेका छन् । सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएलगत्तै उनले सरकारी निवास छाडेका हुन् । उनी यतिबेला निजी निवास गएका छन् । लामिछाने राजीनामा बुझाउन उनी गृह मन्त्रालयबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पनि आफ्नो निजी गाडीमा गएका थिए ।