FLASH NEWS

ह्वातै घटयो सुनको भाउ, आज यस्तो छ तोलामा


नेपाल आवाज १७ माघ २०७९, मंगलवार ११:५२ मा प्रकाशित ११८८७ पाठक संख्या

काठमाडौं । सुनको मूल्य मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो ।


सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ३०० सय रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो ।

मंगलबार पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको भाउ १३ सय ६५ रुपैयाँ कायम रहेको छ ।