FLASH NEWS

बैंकिङ कसूर मुद्दाका फरार रहेका पक्राउ


नेपाल आवाज १९ माघ २०७९, बिहीबार १८:२१ मा प्रकाशित १५६१ पाठक संख्या

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ भुवन बहादुर माझी पक्राउ परेका छन् । सिन्धुली कमलामाई नगरपालिका १७ घर भई काठमाडौं महानगरपालिका ३१ शान्तिनगर बस्ने ४३ वर्षीय भुवन बहादुर माझीलाई प्रहरीले पक्राउ गरेको हो ।उच्च अदालत पाटन ललितपुरको २०७९ भदौ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ करोड १९ लाख ७३ हजार ६ सय रूपैयाँ विगो भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको छ ।