FLASH NEWS

बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु


नेपाल आवाज १९ माघ २०७९, बिहीबार १८:२८ मा प्रकाशित १२२५ पाठक संख्या

काभ्रेमा बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका-७ भकुण्डेबेँसीस्थित २० किलोमा बा२ख ७३४२ नम्बरको रेम्बो यातायातको बसले बालिकालाई ठक्कर दिएको हो । बिहीबार दिउँसो साढे ३ बजे बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बसले ठक्कर दिएपछि चालक घटनास्थलबाट भागेका थिए ।  चालक भागे पछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् ।


बैंकिङ कसूर मुद्दाका फरार रहेका पक्राउ: बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ भुवन बहादुर माझी पक्राउ परेका छन् । सिन्धुली कमलामाई नगरपालिका १७ घर भई काठमाडौं महानगरपालिका ३१ शान्तिनगर बस्ने ४३ वर्षीय भुवन बहादुर माझीलाई प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटन ललितपुरको २०७९ भदौ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ करोड १९ लाख ७३ हजार ६ सय रूपैयाँ विगो भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको छ ।